नियम ७७
बढुवा उजुरी उपर निर्णय सम्बन्धी कार्यविधि
(१) नियम ७६ बमोजिम सिफारिस
भएको बढुवा नामावलीको सूचीमा नाम समावेश नहुने कर्मचारीले सो बढुवा निर्णय उपर
उजूरी दिन चाहेमा बढुवा नामावली प्रकाशित भएको मितिले पैंतीस दिनभित्र लोक सेवा
आयोग वा सो आयोगले ताकेको अधिकारी समक्ष उजूरी दिन सक्नेछ । यसरी उजूरी दिने
कर्मचारीले आफूले बढुवा पाउनु पर्ने स्पष्ट आधार समेत खुलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको उजूरी उपर साठी दिनभित्र टुंगो
लगाइनेछ र यसरी उजूरी टुंगो लागेपछि पहिले प्रकाशित बढुवा नामावलीमा संशोधन
गर्नु पर्ने भएमा उजूरी सुन्ने अधिकारीले सोको सूचना बढुवा समितिलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम उजूरी छानबिन गर्दा जानीजानी त्रुटीपूर्ण मूल्याङ्कन
गरेको देखिएमा लोक सेवा आयोग वा सो आयोगले तोकेको अधिकारीले
मूल्याङ्कनकर्तालाई चेतावनी दिन सम्बन्धित विभागीय प्रमुख समक्ष लेखी पठाउनेछ ।
(४) उपनियम (१) बमोजिम पर्न आएको उजूरी झुठा ठहरेमा उजुरी परी हुने
बढुवामा त्यस्तो उजूरीकर्ताको पहिलो पटकको उजूरी भए दुई अङ्क र दोस्रो पटकको
उजूरी भए तीन अङ्क काटिने छ र सो को जानकारी सम्बन्धित उजुरवालालाई दिनु
पर्नेछ ।